कोटश्वरमा शुक्रबार दिउँसो भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बा ३ ख ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार ललितपुर सानागाउँ निवासी ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको हो ।

स्कुटर चालकको अवस्था भने सामान्य छ । घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here