विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोल्दा उडान प्रभावित भएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले जहाज पार्किङ-वे मै फर्काएका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।

विगत केही सातायता यात्रुले हवाइजहाजका इमरजेन्सी डोर (आपतकालीन ढोका) खोलेको यो तेस्रो घटना हो ।

२ अक्टोबरका दिन विराटनगरबाट काठमाडौंको उडानमा र ७ अक्टोबरका दिन नेपालगञ्जबाट काठमाडौंको उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here