बर्दिया/माेहन खत्री

लुम्बिनी प्रदेशका सामाजिक तथा शहरी विकास मन्त्री तिमल्सिनाले पत्रकार र जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।

मिडियाकर्मी र जेष्ठ नागरिकलाई पुर्व तरुणदलको कार्यवाहक अध्यक्ष, लुम्बिनी प्रदेशको प्रमुख सचेतक, सामाजिक तथा शहरी विकास मन्त्री जन्मजय तिमल्सिनाले शनिबार खादा ओढाएर सम्मान गर्नुभएकाे हाे ।

विगत चार बर्ष देखि नागरिक पत्रीका डट कम मार्फत बर्दिया जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर समाजमा घटेका घटनाहरु र विकासको कामहरुकाे विषयमा रिपोर्टिङ गर्दै आएका सक्रिय पत्रकार माेहन खत्री र गेरुवा गाउँ पालिका-५ का जेष्ठ नागरिक ७८ बर्षीय झपड बहादुर बिष्टलाई मन्त्री तिमल्सिनाले आफ्नो निवासमा सम्मान गर्नुभयाे ।

सँधै बर्दियाली जनताको हितमा काम गर्ने मन्त्री तिमल्सिनाकाे राजनीति यात्रा नेविसंघ हुँदै तरुण दलकाे केन्द्रीय कार्यवाहक अध्यक्ष, बर्दिया जिल्लाको क्षेत्र नम्बर -२ (क) मा नेपाली काङ्ग्रेस बाट प्रदेश साँसदमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । स्थानीयहरुकाे गुनासो र विकासमा सँधै चासो राख्ने समग्र लुम्बिनी प्रदेशकै सामाजिक तथा शहरी बिकास काे ठुलो जिम्मेवारी हातमा लिएको मन्त्रीलाई तिहारकाे माैकामा आफ्नो गृह जिल्ला आएकाे समयमा उनका शुभेच्छुकहरुले घरमै भेटघाटकाे लागि आएकाे समेत मन्त्री तिमल्सिनाका पारिवारिक स्राेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here