त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम रहेको  सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

दिउँसो ३ :३९ मा १६८ यात्रु लिइ आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४ : ३१मा बम थ्रेट रहेको सूचना आएको थियो । नागरिक उड्ययन प्राधिकरणमा यस्तो सूचना आएपछि प्रहरी टोली रनेपाली सेनाको टोलीले जाँच गरेको हो ।

काठमाण्डौ हुँदै दिल्ली जानको लागी १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रु हरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो । ती सबै लगेजहरू झारी पुन कुकुर समतेको प्रयोग गरी जाँच भइरहेको छ । विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकले जानकारी दिए ।

यसअघि पनि गत साता एयर इन्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो । त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो । तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here