चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।
कालिका नगरपालिका ४ पदमपुरस्थित चित्रवन माविको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कालिका नगरपालिका ९ मा बस दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा २० जना घाइते भएको र उनिहरुलाई उपचारका लागि भरतपुरका अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । उपरदाङगढी गएर फर्कने क्रममा ब्रेक फेल भई आज साँझ पौने छ बजे विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।





