सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्ला सोरु गाउँपालिका- ७ को ग्रामीण बस्तीमा ब्याक टु लाईफ ई.भी. नेपालको आर्थिक सहयोगमा कर्णाली सामुदायिक बिकास केन्द्र (KCDC) मुगुको प्राबिधिक सहयोग तथा साझेदारीमा संचालित स्वास्थ्य शिक्षा तथा सामुदायिक प्रवर्धन (HECP-IV) परियोजना मुगु द्वारा सोरु गाउँपालीकाको समन्वय तथा सहकार्यमा निर्मित ख्याल्च , सिरुपाटा र गोयलपानि खानेपानी परियोजना (एक घर एक धारा) खानेपानी उपभोक्ता समिति सोरु गा.पा-७, ख्याल्च मंसिर ०६ गते , सिरुपाटा मंसिर ०७ गते र गोयलपानी मुगुलाई मिति २०८१ साल मंसीर ०८ गते बिधिवत रुपमा छुट्टाछुट्टै कार्यक्रमका साथ हस्तान्तरण गरिएको थियोे । उक्त पानी गाउँका घरघरमा बनेका धारामा कलकल पानी आएर धारामै भाँडा थापेर पानी खान पाउदा स्थानीय असाध्यै खुसी देखिन्थे ।

ख्याल्च खाने पानी आयोजनाको कुल लागत ३६ लाख ४५ हजार ७५ रुपैयाँ , सिरुपाटा खानेपानी आयोजनाको कुल लागत ३२ लाख ८७ हाजिर ९ सय ३५ रुपैया गोयलपानी खानेपानी आयोजनाको कुल लागत ३८ लाख ८६ हजार ९ सय ३५ रुपैया लागतमा यी तिन ग्रामीण समुदायका लागी घरघरमा धारा निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरिएको थियो ।

तीन दिने खानेपानी उट्घाटन र हस्तान्तरण कार्यक्रममा , राजनीतिक दल , स्थानीय तहका सम्पुर्ण सरोकार वाला जनप्रतिनिधि, कर्मचारी , नेपाल पत्रकार महासंघका मुगु शाखाका प्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय बासिहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।

लामो समय पछि गाउँलेहरुको घरघरमा खानेपानी खाने सपना पुरा भएको भन्दै स्थानीय महिला , बालबालिका र वृद्ध बुवा आमाहरू खुसीले गदगद देखिन्थे । बर्खाको झरिमा आफ्नो ज्यान नै जोखिममा राखेर खाने पानी खोलाबाट बोकेर ल्याउने दुख आफुहरुको हटेको स्थानीय रुपकन्या बिस्टले बताइन् ।
अर्का स्थानीय बासीले घरघरमा पानीको धारा त बन्यो अब धाराको पानी निकासको लागी ढल अति आवश्यक रहेकोले संस्था र स्थानीय सरकारलाई स्थानीय बासिको तर्फबाट माग समेत राखेका थिए ।

कार्यमका प्रमुख अतिथि सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले गाउँपालिकाको अथक समन्वयको कारण अहिले यी तीन गाउँका घरघरमा खाने पानीको धारा निर्माण गरिएको र अब गाउँलेले दीर्घकालिन रुपमा खाने पानी जोगाई राख्न निर्देशन दिदै अब यस्ता खाने पानी निर्माण गरिएईको बस्तीमा कुनै पनि निकायबाट खाने पानीको योजना माग नगरिने बताएका थिए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशर शाहीले घरघरमा खाने पानीको धारा बनेर मात्र हुँदैन यसको संरक्षणमा स्थानीय बासिहरुले बढी ध्यान दिएर दिगो बनाउनु पर्नेमा आफ्नो भनाइ राखेका थिए ।

Back to life ev मुगुका कर्मचारी महेश पन्थले आफ्नो भनाइ राख्दै संरक्षणमा प्रमुख दायित्वको स्थानीय बासिको भएको कारण संरक्षणमा आफ्नो भुमिका निभाउन सके मात्र गाउँलेहरुको घरमै पानी खाने सपना पुरा हुनेमा बताए ।

कार्यक्रमका सभा अध्यक्ष वा KCDC मुगुका संस्थापक अध्यक्ष हरिजङ्ग शाहीले आफ्नो भनाइ राख्दै संस्था स्थापना भएको दिनदेखि समुदायका आवस्यकताहरुमा निरन्तर आफ्नो संस्थाले अन्य संस्थाहरुसंग साझेदार गरेर ग्रामीण समुदायमा कार्यसम्पादन गरिरहेको र गरिरहने बताए ।

कार्यक्रम संचालकका साथै KCDC मुगुका कार्यक्रम परियोजना निर्देशक कृष्ण बोहराले सम्पुर्ण सहयोगी , साझेदारी , समन्वय , सहभागी र स्थानीयबासिहरुलाई आफ्नो संस्थाको तर्फबाट सहयोग र सहजीकरणका लागि धन्यवाद दिदै आउदा दिनहरूको लागी पनि सहयोगको आशा र अपेक्षा सधै रहने कुरा बताएका थिए ।

“एक घर, एक पानीको धारा” कार्यक्रम नेपाल सरकारले सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न ल्याएको एउटा महत्त्वपूर्ण नीति हो। यस कार्यक्रमको मुख्य उद्देश्य हरेक घरधुरीसम्म सफा र स्वच्छ खानेपानी पुर्‍याउनु हो, जसले जनताको जीवनस्तर सुधार गर्न र स्वास्थ्य अवस्थालाई सबल बनाउने दिशामा योगदान पुर्‍याउँछ यसै नेपाल सरकारको लक्ष्यलाई मुगुमा पनि विभिन्न संघसंस्थाहरु पूरा गर्ने कार्यमा लागिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here