डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सव जारि छ । आज तेस्रो दिन दर्शकको उल्लेख्य उपस्तिथि रहेको थियो ।

महोत्सवको आज तेस्रो दिन आज राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुति राखेका थिए । आज गायक खुमन अधिकारी ,सुमन ताम्राकार ,रमेश मल्ल, गायिका मिना बुडा, डान्सर प्रेम र अस्मिता पुरी लगायत अन्य कलाकारहरुले आ-आफ्नो प्रस्तुति राखेका हुन् ।

त्यस्तै आज १० हजार बढिले मेला अबलोकन गरेको आयोजक राष्ट्रिय संगीतकर्मी संघ डडेल्धुराका अध्यक्ष गणेश केसि ले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here