सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्लाको खत्याड गाउँपालिका – ३ रोलमा खैडामालिङ्गा पुनिको धामी नाचको बेला दतित धामी माथी जातीय विभेद भएको आरोप लगाइएको छ ।

बैशाख २९ गते धार्मिक पर्वको दिन दलित धामी भएकै कारण दल बानियाँ र राज बहादुर बानियाँले जातीय विभेद गरेको स्थानीय गिर्मे टमटाले बताए ।

उपल्लो जाति भनेनी कथित धामीले तल्लो जात भनेर धामी अशाडे टमटा, गान्टो टमटा ,अमर सिङ्ग टमटा र मनजित टमटा भन्छन् आफुहरु धामी नाच नाच्ने समयमा छुन नपाईने भन्दै जातीय विभेद गरेको आरोप लगाएका छन् ।

खत्याड – ३ का वडा अध्यक्ष रत्नु बाँनिया प्रत्येक्ष दर्शी भएको तर उनी जातीय विभेद भएको कुरालाई केही पनि वास्ता नगरेको र स्थानीयले सोही बिसयमा गुनासो पोखाउदा चुइक्क नबोलेको स्थानीयहरुले बताए । यो बिसयमा अध्यक्षलाई रत्न बाँनिया सँग सोधपुछको लागी पटकपटक नागरिक पत्रीकाले फोन सम्पर्क गर्दा फोन याे  समाचार तयार पार्दा सम्म फाेन उठेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here