बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–६ रपनामा शनिबार बिहान पौने १२ बजेतिर २० वर्षीय धनवीर धानुकले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकलाई घाइते बनाएका हुन्।

घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपती धानुकको बाँया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए।

हतियार प्रहार गर्ने धनबीर धानुकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। धानुकले धारिलो हतियार प्रहार गर्नुको कारण खुलीनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here