सर्जन कुमार शाही
मुगु ,जेष्ठ ९ गते,
नेपाली सेनाले आयोजना गरेको रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले हात पारेका छन् ।
नेपाल ठूलो ताल रारा ताल वरिपरि १६ किमि दुरि तोकेर नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो ।
शुक्रवार आयोजित ट्रेल रनमा पुरुष तर्फ कनका सुन्दरी गाउपालिका वडा न ३ जुम्लाका युगराज बुढाले निर्धारित दुरि १ घण्टा १२ मिनेटमा पारगर्दै प्रथम भएका थिए भने सोही गाउपालिकाका वडा न १ का सोम बहादुर रावत दितिय र वडा न २ का चन्द्र रावतले तृतिय स्थान प्राप्त गरेका थिए ।
महिला तर्फ पातारासी गाउपालिका वडा न २ जुम्ला कै सुनमाया बुढा प्रथम,कल्पना बुढा दितिय र राज्यलक्ष्मी रावल तृतीय भएको आयोजक हनुमान ध्वज गुल्म राराका गुलपती खिम बहादुर अधिकारिले जानकारी गराउनु भयो ।
प्रथम हुने खेलाडिलाइ उत्तर पश्चिम पृतनापती तथा उपरथी अनुपजङ्ग थापाले,दितिय हुने खेलाडिलाइ वाहिनिपती तथा सहायकरथी संजय देउजा र तृतिय हुने खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले नगद पुरस्कार,प्रमाण पत्र र मेडल वितरण गर्नु भएको थियो ।
प्रथम हुने खेलाडीलाई नगद रु ५० हजार दितियलाइ ३० हजार र तृतियलाइ २० हजार नगद सहिद प्रमाण पत्र र मेडल पुरस्कार दिइएको छ ।
५ औ रारा ट्रेल रनमा सहभागी २१३ जना खेलाडीहरु मध्य ५५ वर्षिय उत्तर पश्चिम पृतनापती अनुपजङ्ग थापा जेष्ठ खेलाडी सहभागी हुनु भएको थियो ।
कर्णालिको पर्यटनको प्रचार प्रसार गर्न र जगबाटै राष्ट्रिय अन्तरास्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले नेपाली सेनाले प्रत्यक वर्ष रारा ट्रेल रनको आयोजना गर्दै आएको छ ।





