चितवन/ बिहीबार राति साढे ११ बजे खाेलामा फसेको बस साढे १ बज्दा पनि उद्दार हुन सकेको थिएन । बाढिका कारण फसेको बस निस्कन सकेको थिएन, बसमा ३ बच्चा सहित ३८ जना थिए सवार थिए । उक्त बस नवलपरासीको दुम्किबासमा खोलामा फसेको थियो ।
गाडिमा सवार यात्रुहरु को चीत्कार र बाँच्नका लागि यात्रुहरुले गरेको प्रयासहरु भिडियोमा देखिन्छन् , उनिहरु बसकाे छतमा गएर उद्दारकाे पर्खाई गरिरहेका थिए ।
भे १ ख ४०८५ नम्बरको साे बस नवलपुरस्थित विनयी खोलामा अन्य बसका ड्राइभर तथा यात्रुहरुले खाेलामा बस नहाल्नु भन्दा भन्दै जबर्जस्ती बस खाेलामा हालेका थिए भने खाेला मा बाढी बढेकाे र बहाब तिब्र भएकाे कारण बिचमै अड्किएर अलपत्र परेका थिए ।
उनिहरुले उक्त बाढिमा फसेको बस बाट आफुलाई बचाउन विभिन्न प्रयास गरेको देखिन्छन् , बसमा ३ बच्चा सहित ३८ जना थिए सवार थिए ती मध्य २ जना खाेलामा हामफालेर पाैडी ज्यान बचाएका थिए राति करिब साँढे ११ बजेतिर फसेको बस करिब १ घण्टा ५० मिनेट पछि उद्दार गरिएको थियोे । तर बस भने १ किलोमिटर तल बगाएर लगेको हाे ।
गत बर्ष पुलको क्षमता भन्दा बढी भार बाेकेकाे ट्रक पुलमा गुडाउँदा उक्त विनयी पुल भाँचिएको थियाे । त्यस समय यता विनयी खाेलामा काम चलाउ ड्राईबर्सन बानाएपनी ३ पटक ड्राइबर्सन बगाईसकेकाे छ । उक्त खाेलाकाे कारण घण्टाैँ जाम परेर यात्रुहरू सास्ती भाेगीरहेकाे छ।





