दाङ, ५ असार ।

कपुरकोट गाउपालिका इसाई समाजको आयोजननामा सल्यान जिल्लाको कपुरकोटमा चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउपालिका इसाई समाजका प्रमुख कार्यकारी अध्यक्ष पास्टर गजबिर बाँठामगरको सभाध्यक्षता तथा कपुरकोट गाउपालिका अध्यक्ष दुर्गा बहादुर पुनमगरको प्रमुख आतिथ्यता र गाउपालिका उपाध्यक्ष प्रकाश भण्डारीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बिभिन्न राजनितिक दल र पालिकाका जिम्मेवारी ब्यक्तित्वहरु बिच ‘इसाईहरु प्रतिको हाम्रो दृष्टिकोण’ भन्ने बिषयमा रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउपालिका का कार्यपालिका सदस्य तिला कुमारी कामिले इसाइ समुदायका हकहित संरक्षण र इसाइहरुका उत्थानका लागि आफूले सधै सक्दो साथ र सहयोग गर्ने कुरा बताउनु भएको थियो ।

सल्यान जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष पवन कार्किले आफू इसाइ समाज द्वारा मुलुक बदल्नका लागि चालिने हरेक सकारात्मक कदम तथा मुलुकलाइ योगदान पुर्याउनका लागि गरिने हरेक गतिबिधिहरु गतिबिधिहर खुलेरै समर्थन गर्ने कुरा समेत बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कुनै ब्यक्ति कुलत बाट मुक्त हुन्छ र आत्ममा अनुशासित हुन सिकाउछ भने त्यो कार्य प्रशंसानिय रहेको र जुन काम हाल चर्चमा देखिरहेको र अझै यो कार्य तिब्र हुन आबश्यक रहेको गाउपालिका उपाध्यक्ष भण्डारीले बताउनु भयो ।

यस्तै नेपाल धर्म निरपेक्ष भनिए ता पनी राष्ट्रले गर्ने ब्यबहारमा समानता नभएको र प्रत्येक बर्ष छुट्याईने बजेटमा पनी अरु धर्मालम्बीहरुको तुलनामा इसाईहरु लाई बिभिन्न बहानामा आनाकानी गरी ताल्ने गरेको गाउपालिका इसाई समाजका प्रमुख कार्यकारी अध्यक्ष बाँठामगरले बताउनुभएको छ ।

सो अबसरमा इसाईहरु प्रतिको बिभेद कानुन बिपरित रहेको र कानुन पालना नगर्ने ब्यक्तिहरु देशको राष्ट्रघाति रहेको र यस पालिकाको तर्फ बाट कुनै बिभेद नहुने र हरेक लाई समान रुपमा ब्यबहार हुने साथै मन्दिर बन्छ भने अरु चर्चहरु पनी बन्न आबश्यक रहेको गाउपालिका अध्यक्ष पुनमगरले कार्यक्रम र पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता समेत जनाउनुभएको छ ।

 

कार्यक्रमा गाउपालिकाका बिभिन्न चर्चहरुबाट बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस गाउपालिकामा हजारौ इसाई बिस्वास गर्ने ब्यक्तिहरु रहेका छन । यस समितिको उद्धेश्य र कार्य बारे समितिका कार्यबाहक प्रबक्ता प्रेम प्रकाश सेनले स्पष्ट पार्नु भएको थियो । गाउपालिका इसाई समुदायका सचिब लिला महताराको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण पालिका महा–सचिब सन्ध्या महताराले गर्नुभएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here