सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्लाको सोरु गाउँपालिकाको कार्यलय मुगुको कार्यलयदेखि वरिष्ठ लेखा अधिकृत फरार भएका छन् ।
सोरु गाउँपालिकाको खाता संचालनमा आएको ६ दिन नपुग्दै सोरु गाउँपालिका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय गाउँपालिका बाट फरार भएको प्रेस विज्ञप्ति मार्फत सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले उपाध्याय फरार भएको प्रस्तुत गरेका छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ लेखा अधिकृत पदमा कार्यरत कर्मचारीले आ.व. २०८१।०८२ को अषाढ मसान्तको समयमा गाउँपालिकाको सम्पूर्ण कामकाज र जनताका भुक्तानिहरूको काम नगरि गैरजिम्मेवार तवरले जिल्ला सदरमुकाम गमगढी उपचार गर्न जान्छु भनि जिल्लाबाटै कर्तव्यविमुख र गैरजिम्मेवार भई भाग्नु भएको म र हाम्रो गाउँपालिकालाई जानकारी भयो भनीएको छ ।
यस सन्दर्भमा आ.व. २०८१।०८२ को आषाढ १४ गते गाउँपालिकावाट गैरजिम्मेवार तवरले औपचारिक अनुमति विना जिल्लावाट भाग्ने तपाँई जस्तो कर्मचारीले आजको पत्र प्राप्त भएको मितिले ३ दिनभित्र गाउँपालिकामा फिर्ता भई कामकाजमा नियमित हुन जानकारी गराईन्छ। अन्यथा गाउँ कार्यपालिकाको निर्णयवाट स्थानीय तहको सेवावाटै निलम्वन समेत गर्न वाध्य हुने पनि जानकारी गरिएको छ ।
असार मसान्त आउदै गरेको समयमा सोरु गाउँपालिकाको वरिष्ठ लेखा अधिकृत गाउँपालिकाबाट फरार हुनुमा सिङ्गो गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि माथी स्वार्थ बाजीएको प्रश्न धेरै स्थानियहरुले उठाईरहेका छन् ।





