चितवन । चितवनकाे सृजनशील टाेलमा हिमालय आशा केन्द्र द्वारा पानी फिल्टर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ अन्तर्गत सृजनशील टाेलमा वडा, टाेल अध्यक्ष कृष्ण कडेलकाे संयाेजकत्वमा स्थानीय वडावासी क्षितिज मगरकाे पहलमा उक्त फिल्टर वितरण कार्यक्रम सम्पन्न भएको हाे ।
मंगलबार साँझ सम्पन्न साे कार्यक्रमकाे प्रमुख अतिथि तथा हिमाल आशा केन्द्रकाे प्रतिनिधि चन्दन् पुनले भन्नुभयाे ”पानीकाे कारणले अप्रत्यक्ष रुपमा विभिन्न समस्या भाेग्नु परेको कारणले विगत लामाे समयदेखि शुद्ध पानी पिउन् भन्ने हेतुले साे क्षेत्रमा लगातार काम गर्दै आएको र यसै कार्यक्रम काे सिलसिलामा स्थानीय बासी क्षितिज मगर संग सहकार्य गरेर सृजनशील टाेल सम्म आइपुगेर टाेलबासीलाई सहयोग गर्न पाउँदा खुसी लागेको समेत बताउनुभयो ।
साे कार्यक्रममा बाेल्दै वडाकाे कार्यबाहक वडा अध्यक्ष दुर्गा साेडारीले भन्नुभयो “हामी नजिकै भेटघाट भएता पनि ओैपचारीक कार्यक्रममा भने पहिलोपटक आउनुपाउँदा खुसी लागेको र आगामी दिनमा पनि टाेलवासी संग प्रत्येक्ष सामाजिक कार्यमा जाेडिरहने कुरा व्यक्त गर्नुभयो” ।

उक्त पानी फिल्टर प्रयोग गर्ने तरिका सिकाउँदै सृजनशील बासीलाई चन्दन पुनले फिल्टर वितरण गर्नुभएको थियोे ।
सृजनशील टाेलका एकसय सत्र घरपरिवारले पानिकाे फिल्टर पाएकाे टाेलकाे अध्यक्ष कडेलले जानकारी गराउनुभयाे । साथै कतिपय परिवारहरु काे अनुपस्थितकाे कारण फिल्टर उपलब्ध गराउन नसकेको पनि उनले बताए ।
फाेटाेफिचर






