मुगु , मुगु जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले पहिलो पटक पायल्सको अप्रेसन गर्न सफल भएको छ ।

छायाँनाथ रारा नगरपालिका -१२ सोभा गाउँका गोर्खराज बुढाको असार २३ गते अप्रेसन भएको हो उनी विगत एक वर्ष अगाडि देखी पायल्सको समस्याले शरीरमा दुखाइको पिडा भोग्दै आइरहेका थिए । उनले आफ्नो समस्या समाधान गर्ने चाहना त थियो तर जिल्ला बाहिर गएर उपचार गर्नको लागी आर्थिक सहजता आफु संग नभएको कारण उनले आफ्नो पिडा आफैसंग राख्न बाध्य भएको बुढाले बताए ।

मुगुमा पनि आफ्नो समस्या समाधान हुने कुराको आफुले कल्पना सम्म नगरेको बताए , अचानक मुगुमै पायल्सको उपचार हुन्छ भने पछि म खुशी साथ आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा आईपुगे र सरसल्लाह लिदा उपचार हुन्छ तर अप्रेसन नै गर्नु पर्छ भने पछि साह्रै खुशी पनि भए र केही हद दुखी पनि भए किन भने अप्रेसन भने पछि डर पनि उनले बताए ।

पायल्स बिरामी बुढाको सफल अप्रेसन गर्नको लागी डा. रूपेश सोनाम आयुर्वेद चिकित्सक कार्यलय प्रमुख र डा.अक्ष्य कुमार चौधरी आयुर्वेद चिकित्सक छात्रवृत्ति करारमा रहेका दुई जनाको साझेदारीले अप्रेसन सफल भएको थियो यो अप्रेसन छार छुत्र विधि बाट भएको हो ।

अप्रेसन गर्नु अघि डराएका बुढा जब सजिलै तरिकाले आफ्नो अप्रेसन भएको तब आफु अचम्मित भएको बताए अहिले आफ्नो अप्रेसन प्रश्चात आफू स्वतन्त्र भएको महसुस गरेको बताए ।

आयुर्वेद स्वास्थ्य कार्यलय प्रमुख डा. रुपेश सोनामका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रमा मलद्वार सम्बन्धी समस्या लिएर धेरै बिरामी आउने तर देखाउन लाज मान्ने , हिचकिचाउने अवस्था रहेको छ । मलद्दारमा जे समस्या भएपनि पाइल्स भन्ने चलन रहेको छ। तर मलद्वारको समस्या कहिलेकाहीँ सामान्य भन्दा भन्दै जटिल हुन सक्दछ। सामान्यदेखि क्यान्सरसम्म पनि हुन सक्ने भएकाले आफ्नो समस्या देखाई कुन रोग हो भनी पहिचान नलजाई गर्न र चाँडै पहिचान गर्न सके छिटो आवश्यक स्वास्थ्य उपचार तथा सही परामर्श पाइने कुरा कार्यलय प्रमुखले बताए ।

अहिले आयुर्वेद स्वास्थ्य केन्द्रको मानिसको विश्वास बढेको कारण दैनिकी ४०-४५ जना सम्म सेवा ग्राही आउन थालेको प्रमुखले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here