अटोमा सवार पाँचजनामध्ये अटो चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका १७ वर्षीय छोरा आयुष भुल घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवंं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए।
आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। बाँकी बेपत्ता भएका तीन जनाको खोजीकार्य भइरहेको उनले बताए। ‘अटो सडकबाट झण्डै ५० मिटर तल खोलामा परेको छ,’ प्रहरी निरीक्षक रावतले भने, ‘बेपत्ता भएकाहरूको पहिचान खुल्न सकेको छैन। अहिले धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा गएको छ।’





