चितवन/ गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बलमा बनेको शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले आउँदो फागुन २१ गते तोकेको निर्वाचनमा आफ्नो अमूल्य मत खसाल्नका लागि मतदाता परिचयपत्र बनाउन जेनजीहरू पनि उत्साहित छन् ।
तोकेको मितिमा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड आँतुर छन्, वैकल्पिक शक्तिहरू होैसिएका छन् भने कांग्रेस मौन, उता नेकपा एमाले भने तोकिएको समयमा निर्वाचन हुँदै हुदैनन् भन्दै ठाेकुवा गरिसकेको स्थितिमा चितवन जिल्ला निर्वाचन कार्यलयका प्रमुख भिमसेन कार्कीले भने निर्वाचनका सम्पूर्ण संयन्त्रहरू सक्रिय रूपमा निर्वाचन गराउन तल्लिन हुनलाई सरकार बाट आदेश पाएको र त्यही अनुरूप काम अगाडि बढिरहेको बताउनुभयो।
चितवन जिल्ला निर्वाचन कार्यलयका प्रमुख कार्कीका अनुसार दैनिक बिहान १० देखि साँझ ७ बजेसम्म मतदाता परिचयपत्र बनाउन र मतदाताको मतदान स्थल परिवर्तन लगायतका निर्वाचन सम्बन्धी काम गर्नलाई सम्पूर्ण कर्मचारीहरु लागि परिराखेको कार्कीले बताउनुभयो।
चितवन जिल्ला निर्वाचन कार्यालयमै भौतिक रूपमा उपस्थिति भएर १० हजार ६ सय जनाले नयाँ मतदाता परिचयपत्र बनाएको र प्रायजसो नयाँ पुस्ताका जेन्जीहरूले आफ्नै घरबाट अनलाइनको माध्यमबाट मतदाता परिचयपत्र बनाएकोले अहिलेनै निश्चित डाटा प्राप्त नभएको जानकारी गराउनुभयो।
२०८२ कार्तिक १६ गतेसम्म निर्वाचन आयोगको वेबसाइटमा भएको रेकर्ड अनुसार १, ८१, ६८,२३० मतदाता रहेको छ।





