प्रचण्डविरुद्ध मिले ओली र विप्लव , भुँईको टिप्न खोज्दा पोल्टाको बाँकि नरहने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादीका महासचिव विप्लव मिलेका छन् । उनीहरुले प्रचण्ड नेतृत्वको नेकपाका उम्मेवार हराउन सकिने आकलन गरेका निर्वाचन क्षेत्रमा एकआपसमा गठबन्धन गर्ने भएका छन् ।

एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तालमेलको सहमति भएको हो ।

सहमति अनुसार एमाले महासचिव पोखरेलको क्षेत्र दाङ-२ र माओवादी प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ उम्मेदवार रहेको कालीकोटमा चुनाबी गठबन्धन हुनेछ । यही सहमतिअनुसार दाङ २ मा माओवादीले आफ्नो उम्मेदवार उठाएको छैन ।

एमालेले कालीकोटमा नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । तर, सहमतिपछि एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ । त्यहाँ एमालेले प्रकाण्डलाई समर्थन गर्ने सहमति भएको छ ।

आफु प्रचण्डसँग मिले निर्वाचनमा जान कोशिस गरेका ओलीलाई प्रचण्डले अहिले मिल्न नसकिने भनेपछि ओली प्रचण्डविरुद्ध विप्लव र जनार्दनलाई सहयोग गर्ने, र उनीहरुको सहयोग लिने रणनितिमा लागेका हुन् । यो गतिविधि विप्लव र जनार्दनलाई भने घातक सावित हुने भएको छ । विप्लव र जनार्दनलाई प्रचण्डविरुद्ध ओलीसँग नमिल्न पार्टी भित्र दबाब हुँदा हुँदै तेस्तो निर्णय गरे भुँईको टिप्न खोज्दा पोल्टाको पनि बाँकि नरहने भन्दै सके प्रचण्डसँगै मिल्न नत्र ओलीसँग नमिल्न आग्रह गरीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here