सर्जन कुमार शाही
मुगु , माघ ९ गते
मुगु जिल्ला सोरु गाउँपालिमा – ९ सिड्डि गाउँमा फैलिएको भाइरल ज्वरोका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ भने गाउँभरिका अधिकांश मानिस बिरामी परेका छन् । अचानक ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने, बान्ता र कमजोरीजस्ता लक्षण देखिन थालेपछि गाउँमा त्रास फैलिएको छ ।
उक्त समस्याका कारण ७२ वर्षिया रुद्रवीर रोकाया, ७० वर्षिया पाउसरा रोकाया र ७१ बर्षिया काली कोइला रोकायाको निधन भैसकेको स्थानीयहरुले बताए ।
स्थानीयका अनुसार विगत एक सातादेखि ज्वरोको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ , उपचारको अभाव र स्वास्थ्य संस्थाको दूरी टाढा भएकाले समयमै उपचार नपाउँदा ज्यान गएको स्थानीयवासी जय बहादुर रावलले बताएका छन् ।
यस घटनापछि स्थानीय बासिन्दाहरूले तत्काल प्रभावकारी स्वास्थ्य सेवा, औषधि र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सम्बन्धि सरोकारवालाहरु संग माग गरेका छन् ।
यो माग राखे संगै सोरु गाउँपालिकाको स्वास्थ्यकर्मिको टिम आज सिड्डि गाउमा पुगिसकेको वडा अध्यक्ष सागर शम्सेरले बताए अध्यक्ष शाहीका अनुसार गाउँमा के भएको सत्य कुरा स्वास्थ्यकर्मीबाट आउने कुरा बताए ।
सिड्डि गाउँका स्थानिय वासिको स्वास्थ्य अवस्था बुझ्नको लागी सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामिलाई कल कर्दा उहाँले कल रिसिभ गर्नु भएन ।





