बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका-१ दुदीलाखानका अन्दाजी ३६ वर्षका खडक बिष्ट घर नजिकै मृत अवसथामा फेला परेका हुन् ।
हिजो बिहान घरबाट हिडेका बिष्ट आज बिहान स्थानीयले घर नजिकै बाटोमा घोप्टो परेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाटोमुनी बिष्ट मृत अवस्थामा भेटिएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटिएको छ ।
स्थानीयहरुका अनुसार शरीरमा निलडाम रहेको देखिएकाले यस विषयमा निस्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् ।
बिष्टको कुटपिट गरि हत्या गरेको भन्दै आफन्तले अनुसन्धान गर्नुपर्ने बताएका छन् । “शरीरभरी नीलडाम थुप्रै देखिएका छन्, नजिकैको बजारमा हिजो सामान्य विवाद भएपनि देखिएको छ, निस्पक्ष अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउनुपर्छ,” आफन्त लोकेन्द्र भण्डारीले भन्नुभयो ।





