हिमालय आशा केन्द्र द्वारा सञ्चालित ५ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ।

चितवनमा सन्चालन भएको साे कार्यक्रम भरतपुर-१६ ख्रीष्टिय प्रार्थना सन्जालकाे आयाेजना सञ्चालित भएको हाे । बिहीबार समापन भएको साे ५ महिने सिलाई कटाई कार्यक्रम हिमालय आशा केन्द्रले स्थानीय वडा र त्यसै वडामा रहेको ख्रीष्टिय प्रार्थना सन्जाल संग स्थानीय सहजकर्ता तथा समाज सेवक क्षितिज मगर संग समन्वय गरि उक्त परियोजना सन्चालनमा ल्याएको थियो ।

समापन कार्यक्रमकाे प्रमुख अतिथि भरतपुर वडानम्बर १६ का अध्यक्ष अमृत राज हमालले वडाले गर्नुपर्ने काम हिमालय आशा केन्द्रले गरेकाे भन्दै उक्त संस्थाकाे खुलेरै प्रशंसा गर्नुभएको थियो । अध्यक्ष हमालले तालिममा दिक्षान्तीत हुनुभएको सहभागीहरुलाई उत्साह दिँदै आफुले सिकेको सिपलाई आफ्नो पाएक पर्ने गरि घरैबाट सुरु गर्न र थप सिकाइकाे लागि वडा संग समन्वय गर्न समेत अनुरोध गरे ।

त्यस्तै, हिमालय आशा केन्द्र काे पुर्व अध्यक्ष नर लामाले संस्थाले नेपालको अन्य विभिन्न स्थानहरुमा सेवा पुर्याई रहेकाे जानकारी गराउनुभयाे साथै उहाँले आउँदा दिनहरूमा सिकेका सीप प्रयोग गरि स्ववलम्वी बन्न दिक्षान्तीतहरुलाई हाैसला दिनुभयो ।

उक्त कार्यक्रममा ख्रीष्टीय प्रार्थना सन्जालका संयाेजक पा.सुमन लुङ्गेली र नवीन चाेक टाेल विकास समितिकाे अध्यक्ष ऋषि राम खनालले धन्यवाद दिनुभएकाे थियो ।

हिमाल आशा केन्द्रकाे तर्फबाट सफलताका साथ साे तालिम पूरा गर्ने २१ जना सहभागीहरुलाई एकएकवटा सिलाई मेसिन र प्रमाणपत्र हस्तान्तरण गरेका थिए भने तालिम अवधिभर १ दिन पनि गयल नहुने, तालिमकै उत्कृष्ट पहिलाे र दाेस्राे सहभागीलाई छुट्टै पुरस्कार द्वारा पुरस्कृत समेत गरेको थियो ।

त्यसैगरी, साे संस्थाले तालिम समापनकाे कार्यक्रममा स्थानीय २ महिला जाे सीप भएर पनि मेसिनको अभावमा गुज्रीरहेका छन् उनीहरुलाई पहिचान गरी सिलाईकाे मेसिन उपलब्ध गराएका थिए ।

फाेटाे फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here