डडेल्धुराको अजयमेरू गाउँपालिका–०१ मा खसेको मतसंख्याबारे प्रश्न उठेको छ। प्रारम्भिक जानकारीअनुसार उक्त वडामा जम्मा ९१० मत खसेको भनिएको थियो। तर पछिल्लो विवरणमा भने ९४२ मत उल्लेख भएपछि स्थानीय स्तरमा अन्योल सिर्जना भएको छ।
९१० मत खसेको भनिएको अवस्थामा थप ३२ मत कहाँबाट आए? भन्ने विषयमा चासो बढेको छ। मतगणनाको विवरण सार्वजनिक हुने क्रममा तथ्याङ्क फरक देखिएपछि स्पष्ट जानकारीको माग समेत हुन थालेको छ।
सम्बन्धित पक्षले भने आधिकारिक तथ्याङ्क र अन्तिम विवरण सार्वजनिक भएपछि मात्रै वास्तविक मतसंख्या स्पष्ट हुने बताएका छन्। हाल यस विषयमा थप पुष्टि हुन बाँकी रहेको जनाइएको छ।





