सर्जन कुमार शाही,

प्रत्यक्ष तर्फको निर्वाचनमा जित हासिल गरेको मुगु काङ्ग्रेस समानुपातिकमा पनि मुगु जिल्लामा पहिलो दल बनेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी प्रेमराज खनियाका अनुसार समानुपातिकमा कुल खसेको मत मध्य नेपाली नेपाली काङ्ग्रेसले ७ हजार २७१,नेकपा एमालेले ६ हजार ४१,नेपाली कम्युनिस्ट पाटिले ४ हजार ६५० र राष्ट्रिय स्वतन्त्र पाटिले २ हजार ११० मत प्राप्त गरेका छन ।
यस्तै गरि राप्रपाले ४५८, जनता समाजवादी पाटी नेपाल १४६,जनमत पाटी २७,मजदुर किसान पाटी २,राष्ट्रिय जनमोर्चा ५, प्रगतिशिल लोकतान्त्रिक पाटी ५१,नेपाल लोकतान्त्रिक पाटी ५,मङोल नेसनल पाटी १,वहुजन शक्ति पाटी २,नेपाल सदभावना पाटी १ र नेपाल जनता संरक्षण पाटिले २२ मत पाएका छन ।
समानुपातिक तर्फ कुल २२ हजार ३१८ मत खसेकोमा २१ हजार ६१२ मत सदर भयो भने ७०६ मत बदर भएको थियो ।

मुगु जिल्लामा कुल मतदाता ३६ हजार ३१ जना रहेका थिए ।
आइतवार सम्पन्न प्रत्यक्ष तर्फको मतगणनामा नेपाली काङ्ग्रेसका उम्मेद्वार खडक शाहिले ७ हजार ९१४ मत ल्याइ विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here