सुर्खेत प्रहरीले करिब तीन हप्ता लामो अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

जसमा इनिशा विकको सामूहिक बलात्कार नभएको उल्लेख गरिएको छ। उक्त प्रतिवेदनका अनुसार पक्राउ परेका चार जनामध्ये एक जना मात्र मुख्य आरोपी रहेका छन् भने बाँकी तीन जना सहयोगीको भूमिकामा मात्र देखिएका छन्।

इनिशाका प्रेमी भनिएका मुख्य आरोपीले उनीसँग शारीरिक सम्पर्क भएपछि अत्यधिक रक्तश्राव भएर बेहोस भएपछि मात्र आफूले साथीहरूलाई सहयोगका लागि बोलाएको बयान दिएका छन्। प्रहरीको यो निष्कर्षप्रति पीडित परिवार पूर्णतः असन्तुष्ट र स्तब्ध बनेको छ।

पीडित पक्षले घटनाको प्रकृति र इनिशाको शारीरिक अवस्था हेर्दा यो बलपूर्वक गरिएको सामूहिक बलात्कारपछि भएको हत्या नै रहेको दाबी गर्दै पोस्टमार्टम रिपोर्टले पनि सोही कुरा पुष्टि गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here