सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्लाको स्थानीय तह सोरु गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा एक गर्भवती महिला बाटोमै सुत्केरी हुन बाध्य भएकी छन् ।
घटना आज दिउँसो करिब ११ बजेतिर भएको हो । सोरु गाउँपालिका – ६ पुरुमुरु गाउँकि अन्दाजी २५ वर्षिया कलि नेपाली बिहानै देखि सुत्केरी ब्यथा लागेर छटपटाई राखेकी थिइन् । व्यथाले च्यापेपछि परिवारले नजिकको प्रसुती गृहमा पुर्याउने प्रयास गरेका थिए तर उक्त पुरुमुरु गाउँमा गरेको प्रसुती गृहमा कोहि पनि कर्मचारी नभएको बिरामीका श्रीमान झुपलाल नेपालीले बताए ।
समस्या बढने अवस्था देखेपछि स्थानीय बासीले सोरु गाउँपालिकाको एम्बुलेन्स खबर गरे तर बिग्रेकोको भनेर भनियो । ब्यथा लागेकी आफ्नी श्रीमतिलाई सोरु गाउँपालिका – ७ सिपमा रहेको प्रसुतिगृहमा लिन खोज्दा एम्बुलेन्स उपलब्ध नभएका कारण उनलाई बोकेरै अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन ।
स्थानीयवासीका अनुसार, समयमै एम्बुलेन्स सेवा उपलब्ध भएको भए यस्तो जोखिमपूर्ण अवस्था आउँदैनथ्यो। हामीले धेरै पटक स्थानीय तहमा एम्बुलेन्सको माग गरेका छौँ तर अहिलेसम्म व्यवस्था भएको छैन यस्तो विकट ठाँउमा पालिका भरिमा एक एम्बुलेन्स छ त्यही पनि बिग्रेको छ भनेर छारो हाल्ने काम भैरहेको स्थानीयले बताए ।
स्थानीय महिलाका अनुसार, यस्तो अवस्थामा आमा र नवजात शिशुको ज्यान जोखिममा पर्न सक्छ , सौभाग्यवश, बाटोमै सुत्केरी गराएर ढुङ्गाले बच्चाको नावी काटेको बताइन । त्यस पश्चात् सुत्केरी आमा र नवजात शिशुमा खतरा देखिन सक्ने अवस्था आए पछि यात्रु बोक्ने प्राइभेट जिपमा सीप प्रसुतिगृहमा ल्याईयो ।
यस् घटनाले स्थानीय सरकार र सरोकार निकाय कहाँ व्यस्त छन् भन्ने पनि देखाउछ जहाँ ग्रामीण भेगमा सुत्केरी ब्यथा लाग्दा न नजिकका स्वस्थ्य चौकिका कर्मचारी भेटीन्छन न त स्थानीय सरकारका एम्बुलेन्स नै अब हेरौं आजै बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ यस्तो संघर्षको जीवन जिइरहेको क्षेत्रमा स्वास्थ्यको पहुँच समयमै पुग्ने हो कि भनेर स्थानीयहरु सेवा सुविधाका दिन गनिरहेका छन् ।





