सर्जन कुमार शाही
मुगु ३० बैशाख
नेपाली सेनाले हनुमानध्वज गुल्म हुटु राराले आयोजना गरेको छैटौं रारा ट्रेल रनको उपाधि जुम्लाका दल बहादुर कुवर र सुनमाया बुढाले जितेका छन्। शुक्रबार हनुमान ध्वज गुल्म हुटु राराद्वारा आयोजित ट्रेल रनमा पुरुषतर्फ दल बहादुर कुवर र महिलातर्फ सुनमाया बुढा विजयी भएका हुन्।
बुधबार कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा ताल किनारको १६ किलाेमिटर दूरीमा ट्रेल रन आयोजना गरिएको थियो।
उक्त ट्रेल रनमा पुरुषतर्फ जुम्लाको तातोपानी गाउँपालिकका-७ का २४ बर्षिया दल बहादुर कुवरले निर्धारित दूरी एक घण्टा १२ सेकेन्डमा पार गर्दै प्रथम भएका छ्न । भने कनकासुन्दरी गाउँपालिका– ३ जुम्लाका १८ बर्षिया युगराज बुढा द्वितीय भएका छ्न । उनले निर्धारित दुरिरी १ घण्टा १ मिनेट ५९ सेकेन्ड लगाएका छ्न । तृतीय हुनेमा छायानाथ रारा नगरपालिका-१४ का १८ बर्षिया अक्कल बडुवाल १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरि पार गरेका छ्न ।
महिलातर्फ जुम्लाकै पातारासी गाउँपालिका–२ की सुनमाया बुढा ले निर्धारीत दुरि १ घण्टा १३ मिनेट लगाएर प्रथम भएकी छ्न । पातारासी गाउँपालिका-२ जुम्लाकै राममाया बुढाले द्वितीय १ घण्टा १५ लगाएकी छ्न र भेरी नगरपालिका-५ किसुनसरी रोकायाले १ घण्टा १७ तृतीय भएकाे आयोजक हनुमानध्वज गुल्म राराका गुलपति खड्ग बहादुर श्रेष्ठले जानकारी दिए।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहिद प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
१६ किलोमीटरको ट्रेल रन र ५ किलोमीटरको रन फर गरेर एक बिदेशी सहित चार सय ७ जना खेलाडीको सहभागीता रहेको थियो । पुरुष तर्फ १६ किलोमीटरमा ३ सय १२ जना र महिला तर्फ ४९ जना महिला सहभागी रहेका थिए ।
त्यस्तै ५ किलोमीटरको रनफर फ्यानमा ३१ जना पुरुष र १५ जना महिला खेलाडी सहभागी थिए ।





