सर्ज कुमार शाही,

मुगुको खत्याड गाउँपालिका- ५ थानेस्थित बाझों खेतमा चरीरहेका पशुचौपायाकाे चट्याङ लागेर मृत्यु भएकाे छ ।

आइतबार दिउँसो करिब ३ बजेतिर वर्षासँगै परेको चट्याङले स्थानीय कांसि बुढाको एउटा ब्याउने भैँसी र दुई वटा गोरु तथा सोही ठाउँ धनबहादुर बुढाको एक भैँसीको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

वडाअध्यक्ष चित्र बुढाले घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटनास्थलतर्फ खटिएका थिए। घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टाको पैदल दूरीमा दक्षिणतर्फ पर्ने जनाइएको छ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। चट्याङका कारण पशुधनमा क्षति पुगेपछि स्थानीय किसानहरू दुखी बनेका छन्। प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here