सर्जन कुमार शाही – मुगु
मुगु २७ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी मुगुको पहिलो जिल्ला अधिवेशबाट बिर्ख बहादुर मल्ल बिजयि भएका छ्न ।
कुल खसेको सदर मत मध्य ४३ मत प्राप्त गरि उनि बिजयी भएका हुन ।
मंगलबार सम्पन्न निर्बाचनमा सभापति पदमा ४३ मत प्राप्त गरेर उनी बिजयी भए । भने प्रत्यासी मनोज शाहीले ६ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिमा राजेन्द्र शाही ले ३५ मत प्राप्त गरि बिजयी भएकाछ्न । उनका प्रत्यासी बिजय कुमार मल्लले १३ मत प्राप्त गरे ।
सचिवमा रामु बिक २५ मत सहित बिजयी हुँदा उनका प्रत्यासि नन्द बहादुर मल्लले २१ मत प्राप्त गरेका थिए ।
सह-सचिव पदमा भने समाज हमाल निर्बिरोध निर्बाचित भएका छ्न । कोषाध्यक्ष भने मनोनीत गिरिने राष्ट्रिय स्वतन्त्र पार्टी मुगुले जनाएको छ ।
सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्ख बहादुर कुमाई ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका छ्न ।
आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनमा सहसचिव बाहेक अरु पदमा सहमति जुट्न नसक्दा तीन दिन पछि मंगलबार राती निर्बाचन मार्फत पदाधिकारी चुनिएका छ्न ।





