चितवन, क्षितिज मगर

नयाँ पर्यटकहरुकाे लागि पथपर्दशक चिन्ह

पुर्व-पश्चिम हाईवय अन्तरगत पर्ने नवलपुरकाे दलदले देखि उत्तरतर्फ २०किलोमिटर कच्ची राेडकाे यात्रा तय गरेपछि भाेजापाेखरी मा पुगिन्छ । भाेजापाेखरी देवचुली बेस क्याम्प हाे । यहाँ देवचुली घुम्न आउने पर्यटकहरूकाे लागि खान र बस्नकाे राम्रो प्रबन्ध छ । देवचुलीकाे बेस क्याम्पकाे यात्रा बीचमा देखिने हरीयाली पहाडहरुलाई छाेयर चलेकाे चिसो सिरेटाेले तल तराईकाे उखर्माउलाे ४० डिग्रीकाे गर्मी बिर्साइसकेकाे हुन्छ ।

नागरिक पत्रिकासँग कुराकानी गर्दै बराल दम्पति

यही गर्मी छल्न र देवचुली डाँडामा पर्ने तीन कन्या देवीकाे दर्शन गर्न दैनिक दर्जनौंकाे संख्यामा आन्तरिक पर्यटकहरू आउने गरेकाे हाेमस्टे सन्चालकहरु बताउछन् ।

बराल बाजेकाे हाेमस्टे
पुराना खुर्पा बाेक्ने खुर्पट्याक

देवचुली-६ इन्द्र साेत का बरालबाजे हाेमस्टेका सञ्चालक भन्छन् “चैते पुर्णिामाका दिन तराईका थारु-चाैधरीहरु धेरै मात्रामा देवचुली दर्शन गर्न आउने गरेकाे छ।”

थकान बिर्सेर उकालो बाटो बाट देखिने दृश्य कैद गर्दै पर्यटकहरु

स्थानीय बराल बाजेका अनुसार देवचुली बेस क्याम्प देखि माथि सुङ्गुर वा बङ्गुरकाे मासु लिएर आउन नहुने यदी त्यसाे गरेमा दुख बिमार हुने बिश्वास रहँदै आएको र आफुहरुलाई सुङ्गुर-बङ्गुरकाे मासु खान मन लागे तल नै खाएर आउने गरेको समेत उनलेे बताए ।

तीन कन्यादेवी गुफामा रहेकाे गेट
चिउरी र लालिगुराँसकाे पाखा
देवचुलीकाे बाटोमा पर्ने भ्युउहरु
देवचुली बाट देखिने तराईका बजारहरु

भाेजापाेखरी देखि करिब ३ किलोमिटर ठाडो उकालोमा पर्ने देवचुलीकाे काखमा लालिगुराँस, चिउरी लगाएतकाे रुखहरु भेटिन्छन् भने डाँडाहरु काट्ने क्रममा कतै डाँडै भरि सेता चम्किला ढुङ्गाहरु र हरिया पाखाले तस्बिर र भिडियोहरु कैद गर्न लालायित नहुने काेही हुँदैनन् । चुचुराेमा पुगेकाे पत्ताेनपाउँदै देबचुलीकाे करिब १९४० मिटरमा रहेको अन्तिम गन्तव्य स्थित सानो भ्यु टावरमा पुग्न सकिन्छ । चुचुरोमा पुगेपछि जाे काेहीलाई पनि आफू बादलमाथी बसेकाे महसुस हुने गर्छ । चुचुराेबाट देखिने तल तराईका फाँटहरुमा रहेकाे बजार क्षेत्र, नारायणी नदिकाे किनाहरु र उडीरहेका बादलका झाेक्काहरुले कसकाे मन नलाेभ्याउला र? मुटुनै चिसाउने गरि चुचुराेमा चलेका चिसो सिरेटाेले चुचुराेकाे छाेटाे बसाइले नै हरकाेहीलाई मानसिक र शारीरिक रुपमा पुन ताजागी बनाई दिन्छ ।

उकालो बाटाेमा देखिने हरियाली दृश्य

ईश्वरले बरदान स्वरुप सित्तैमा प्रकृतिले दिएको याे मनमाेहक पर्यटकीय स्थानलाई सम्बन्धि निकायले अझै व्यवस्थापन गरेर पर्यटकहरुकाे सुरक्षाकालागि चिप्लो र भिरालो बाटोमा सेढीहरु, रेलिङ् र थकाइ मार्नकाे लागि व्यबस्थित विश्राम स्थल निर्माण र अझै प्रचारप्रसार गर्न सके देवचुली धेरै पर्यटकहरुकाे गन्तव्य स्थल बन्ने निश्चित छ ।

फाेटाे फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here