पाटनकी २१ बर्षीय युवती महाकालीमा मृत फेला, कञ्चनपुरमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन्

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएकी एक युवती मृत फेला परेकी छन्।

बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरा गरी बस्दै आएकी २१ वर्षीया कमला पाण्डे मृत फेला परेकी हुन्।

सुदूरपश्चिम विश्वविद्यालयमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत पाण्डे दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलेन पुल क्षेत्रबाट बेपत्ता भएकी थिइन्।

हिजो ९बुधबार० दिउँसो ४:२० बजेतिर पुल क्षेत्रमा उनको झोला र मोबाइल फोन फेला परेको थियो। त्यसपछि उनको खोजी भइरहेको थियो।

खोजीका क्रममा आज महाकाली नदीमा बेपत्ता भएको स्थानबाट करिब एक किलोमिटर तल उनको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल देवीस्थानस्थित सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा ६ जना गोताखोरसहितको टोली र थप तीन जना गरी नौ जनाको टोली खोजीमा खटिएको थियो।

त्यस्तै, बीओपी भूमिराजटोलबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर विष्टको कमान्डमा सात जनाको टोली पनि खोजीमा परिचालित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here