बांकेे, त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यलयले श्रीलंका हिंडेका अमर बहादुर तामाङलाई फिर्ता गरेका छन्।
बिदुर नगरपालिका -१३, नुवाकोटका उनी २ बर्ष अघि छुट्टीमा आएका थिए। सन् २०१५ देखि २०१९ सम्म काम गरि घर फर्केका उनी इजिप्टमा रहेकोे सिनो गार्ड मरिन सिक्युरिटी चीनिया कम्पनीमा सेक्युरिटीकाे काम गर्दै आएका थिए ।
उनी कार्यरत कम्पनीले विभिन्न देशहरूमा जहाज कम्पनीहरुले उनको सेक्युरिटी कम्पनी संग जहाजको सुरक्षाकाे लागि सेक्युरिटी गार्ड माग्ने गर्दछन् । साेही अनुरुप आफ्नो कम्पनी बाट सेक्युरिटी गार्ड विभिन्न देशहरूमा पठाउने गर्छन जस्तै साउदी, कतार,भारत, श्रीलंका , चिन लगाएत विभिन्न एसियाली तथा युरोपेली राष्ट्रहरुमा समेत सेक्युरिटी गार्डकाे लागि कम्पनीले आवश्यकता अनुसार पठाउने गरेकाे उनले बताए।
आफ्नो कम्पनीको उनी सेक्युरेटी गार्डको टिम लिडर पनि हुन्। कम्पनी बाट विभिन्न देशहरूमा जानेक्रमा हाई रिक्स भएको ठाउँहरुमा तामाङ बिशेश सुरक्षा दिन खटिने गरेको उनले बताए । यसरी कम्पनीले जहाजकाे सुरक्षाकाे लागि विभिन्न देशहरूमा पठाउने क्रममा अराइभल भिसाकाे लागि सम्वन्धित दुतावासमा आवश्यक सम्पुर्ण कागजपत्र कम्पनीलेनै दिने गरेकाे र साेहि कागजपत्र आफू संग पनि उक्त समयमा श्रीलंकाकाे लागि रहेको देखाउंदा समेत अध्यागमनले आफुलाई राेकेकाे उनले व्यक्त गरे ।
तामाङले ६ महिना अगाडि इजिप्टकाे श्रम गराएका थिए । अध्यागमनले विमानस्थलमा राेक्दै ६ महिना अगाडिको श्रम गराएर किन नगएको भन्दै राेके र जवाफमा उनले काेराेना र लकडाउनले आफू जान नपाएको बताए। यसरी राम्रो संग नबुझी कनै आफूलाई राेक्दा आफ्नो राेजगारी गुमेको पीडा उनले पाेखे ।
पछिल्लो समय भिजिट भिसामा विदेश जानेहरूलाई अध्यागमनले कडाइ गरेका छन्। यसै क्रममा अध्यागमनले बिस्तृत रुपमा नबुझी आफुलाई राेक्दा थप पिडामा पर्नुपरेकाे उनी बताउँछन् । कम्पनीले फेरि माैका दिए आफुलाई यात्राको लागि सहज बनाईदिन उनकाे अनुरोध छ।







