बर्दिया , गरिबकाे छाेराछाेरीहरु हांस्दै स्कुल आउने बनाउने शिक्षकलाई एक सलाम !
गेरुवा ४, जाेधिपुर र बर्दियाको श्री सरस्वती आधारभूत विध्यालय का सम्पुर्ण परिवारले गरेका मिहिनेत र लगनशीलताले आज समुदायमा एक नमुना विध्यालयकाे रुपमा याे विध्यालयलाई स्थापना गराई सरकारी स्कुलमा पनि गुणस्तरीय शिक्ष दिन सकिन्छ भन्ने गतिलो उदारहण बनाउन सफल भएका छन् ।
आफ्नो विध्यालयलकाे शैक्षिक स्तर देखि पुर्वधार निर्माणमा प्रधानध्यापक नारायण प्रसाद पाैडेल आफै ढुङ्गा माटाे संग खेल्दै ठेला गाडा चलालने देखि रात दिन बेल्सा खेलाउने गर्छन् । उनी बिहानको १० बजे भन्दा अगाडि विध्यालयकाे पुर्वधार निर्माण र व्यवस्थापनमा लाग्छन् भने स्कुलकाे समयमा आफ्नो कार्य कक्षमा उपस्थिति हुन्छन्। उनी याे विध्यालयमा प्र.अ भएर २ बर्ष अघि आएकाे हाे।
विध्यालयकाे शिक्षक र विद्यार्थीको घनिष्टता , विध्यालयकाे प्राङ्गण भित्र पस्नु अघि शिक्षकहरुले विद्यार्थीहरूलाई स्वागत गरिरहेकाे दृश्य देख्दै गर्दा जाे काेहिलाई लाग्न सक्छ याे हुनेखानेकाे छाेराछाेरी पठाउने स्कुल हाे । तर याे कुनै व्यक्ति वा समुहको लगानीमा सन्चालन गरेकाे निजी हाेईन याे त सरकारी स्कुल हाे ।
सरकारी स्कुलमा अध्यापन गराउने शिक्षकहरु आफ्नो गुजारा चलाउनलाई मात्र जागिर गर्छन् , सरकारी विध्यालय राजनीति गर्ने थलाे हाे भनेर आक्षेप लगाउनेहरुलाई गतिलो जवाफ दिंदै याे स्कुल समुदायकै नमुना विध्यालय बन्न सफल भएका छन्। अविभावकहरु भन्छन् ‘नजिकै निजी स्कुल भएपनि छाेराछाेरिहरु यही स्कुलमा आउन रमाइलो मान्छन्, स्कुलमा राम्रो वातावरण छ त्यसैले स्कुल आउन रहर गर्नेछन्’ ।
प्र.अ पाैडेलले विभिन्न संघ संस्थाहरु संग सहयाेग मागी विध्यालयकाे भवनहरु निर्माणमा सहयोग पुर्याएमा हुन्। यस विध्यायालयमा बाल विकास देखि कक्षा ८ सम्म ४ सय ४ जना विद्यार्थीहरुले अध्ययन गर्छन् भने १३ जना शिक्षकहरु रहेकाे छ ।
‘समुदाय र शिक्षकहरुकाे अथक प्रयास र मेहनतले याे स्कुललाई यहाँ सम्म ल्याउन सफल भयौं अब स्कुल भवनलाई माथि ढलान गर्न पाए पानी परेकाे बेला पठनपाठनमा बाधा हुने थिएन, अहिले पानी पर्दा जस्ताकाे आवाज आएर केही डिस्ट्ब गर्छ’ विध्यालयकाे व्यवस्थापक अध्यक्ष नरेन्द्र पाैडेलले बताए ।
पुरा भिडियो हेर्नुस्





