बर्दिया, ‘बन्जयन्तु संरक्षण र पारिस्थिकिय प्रणाली पुनर्स्थापनाका लागि युवा जागरण’ भन्ने मुल नाराका साथ फागुन १९ गते अर्थात मार्च ३ तारिखका दिन चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले ८ औँ स्थापना दिवस मनाउने ।
स्थापना दिवसकाे अवसरमा गेरुवा ४ नवज्योति खेलमैदानमा विविध कार्यक्रम गरि अभियानकाे स्थापना दिवस भव्य साथ मनाउने भएको छ । कार्यक्रममा सांस्कृतिक नाच, गायन, कमेडी, सखिया नाँच लगायत ११ वटा विभिन्न नाँचहरु लगाएत खेलकुदका कार्यक्रमहरु पनि रहेको चोरी शिकारि नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त प्रसाद आचार्यले बताए ।
स्थानीय युवा क्लब र निकुन्जकाे संरक्षणमा खटिएका नेपाल आर्मी बीच भलिबल प्रतियाेगीता , डाेरी तान जस्ता खेलहरुले कार्यक्रमलाई थप आकर्षक बनाउने अध्यक्ष आचार्यकाे भनाइ छ । कार्यक्रमकाे मुख्य उदश्य बारे यस्तो बताउनुहुन्छ आचार्य यसाे भन्छन् । पूरा भिडियो हेर्न तलको लिङ्कमा जानुहाेस !





