सरला सुवेदी
कोहलपुर । कोहलपुर नगरपालिकाको मुटुमै तर बिकास र पहुँचको हिसाबले दुर दराजको बस्ती भनौ या मुटुभित्रै ओझेलमा परेको बस्ति कोहलपुर ४ र ५ को सिमानाको बस्ती जुन वडा नम्बर ५ को दैलेखी टोल भनेर चिनिएको छ। जहाँ ३०-४० घर दैलेख सुर्खेत जाजरकोटबाट बसाइँसराइ गरेर आएका मानिसहरुको बस्ती हो।
बस्ती बसेको ११/१२ बर्ष भो तर त्यहाँ आजसम्म कोहि नेताको नजर पुगेको थिएन । बस्तिकै एक जना वृद्ध ७५ बर्षका बुवा उदयबहादुर सिंह भन्छन् चुनावको बेला आउछन् केन्द्रले पनि गर्न नसक्ने काम स्थानिय तहबाट गर्छौ भनेर आश्वासन दिन्छ्न जान्छन् सबै पाटिका तर चुनाव जितेपछी हामी सधै ओझेलमा पर्ने गर्छौ वडा नम्बर ४ को र ५ को सिमानाको बस्ती भएर बिकास निर्माणको काममा पनि दुबै वडाबाट बन्चित भएका छौ उनले भने ।
साच्चै त्यो दैलेखी बस्तिमा अझै राम्रो सङ्ग सडक र बत्ती पुगेको छैन त्यहाँका जनताले स्वच्छ सफा र शुद्ध पानी पिउन पाएका छैनन् सुख्खा खडेरी जमिन सिचाइ को व्यवस्था भए खेती गर्ने थियौ भन्ने आसा त्यस टोलका जनतामा अझै छ र जुन पाटिका मान्छे भोट माग्न आए नि आफ्ना समस्या र गुनासो सुनाउने गर्छ्न ।
त्यस्तै अर्का बर्षिय युवा जो नगरपालिका भित्र हुने व्यथितिको बिरोध गर्छ्न एउटा सानो सिफारीस लिन जादा नि तीन चार दिन धाउन पर्ने बाध्यता कहिले सम्म?? उनी भन्छन नगरपालिकामा जुनपाटिको नेतृत्व आएपनी हामलाई सेवाप्रवाहमा सहज हुन पर्यो र कर्मचारीतन्त्रको अन्त्य हुन पर्यो।
स्थानिय जनताका धेरै समस्या अझै जिउको त्यही छन् स्थानिय निकायमा पाटी फेरिए पनि जनताको लागि व्यवस्था कहिले सरल र सहज भएन त्यसैले जनताले अब हुने स्थानीय निर्वाचन पछि जस्को नेतृत्वमा स्थानिय सरकार भएपनी स्थानिय सरकार भएको आभास महसुश र अनुभव गर्न पाउनु पर्छ ।





