धनकुटा घर भएकी धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले कु टपिट गरेको खुलेको छ । सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कु टपिट गरेको आफन्तले जनाएका छन् । विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको आज २ः४० मा मृ,त्यु भएको प्रहरिले जनाएको छ ।

 

निर्दोष नफसोस अपराधि नभागेस्” डिएसपि बुद्धले भने । मृ,तककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपि सामूहिक रुपमा कु टपिट गरेको जनाएकी छिन्। मृ’तक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरी सिलाई बुनाईको काम गरी छोराछोरि पाल्दै आएकि थिइन्। उनका श्रिमानको समेत मृ,त्यु भइसकेको छ । उषाको समेत मृ’त्यु भएपछि सन्तान अभिभावकविहिन बनेका छन्।

 

उषाको मृ,त्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मु,द्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात प’क्राउ गर्नु जाँदा कु टपिट गर्नेहरु नभेटिएको फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन्। डिएसपी बुद्धले भने सामूहिक रुपमा कु टपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला? कस-कसले कु टपिट गरेको हो अनुसन्धान गर्छौ। कु टपिटको घ,टना एक महिना अघिको हो। मृ’तक उपचार भईसके पछि आज मृ,त्यु भएको हो। कु टपिटले नै मृ,त्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here