काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे हुने भनिएको सम्बोधन बेलुकी ५ बजेलाई सारिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।
गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेससहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।





