बाँके – सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रचना रिमालले प्रथम बैजनाथ महोत्सवमा आफ्नो चर्चित गीत गाउँदै दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिनु भएको छ । महोत्सवको मंगलबार सातौ दिन फोटो फिरिममा, बोलको गीतबाट आफ्नो प्रस्तुतीबाट सुरु गरेकी गायिका रिमालले आफ्नो बजारमा चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनु भएको हो ।  गायिका रिमालले कहिले मिलन कहिले बिछोड, मया पिरिममा, मिनरल वाटर, उनको प्रीति, सम्झिनी पानी छम्किनी, तिमी पोख्रली म परे झापाली, लगायतका गीत मार्फत दर्शकहरुलाई नचाउनु भएको थियो । त्यसै गरि महोत्सवलाई सफल बनाउन चर्चित उद्घोषिका तथा गायिका शोभा त्रिपाठिले विभिन्न गीत, साइरी मार्फत कार्यक्रमलाई थप रोचक बनानु भयो । महोत्सवमा आज दर्शकको उपस्थिति कम भएपनि सहभागी दर्शकहरूले साथ दिएका थिए ।

भोली माघ १७ गते चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर, टंक तिम्लसिना, गायिका जानकी तरामी मगर र डान्सर अस्मिता रणपाल लगाएत महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु। १ सय तथा विद्यार्थीको हकमा रु ५० रुपैयाँ टिकट दर कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here