सर्जन कुमार शाही , मुगु
मुगु । मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो ।
कोप-२९ को पुर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको अवसर र असरबारे भएको सम्मेलनमा संघीय वन तथा वातवरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितीमा प्रदेश तथा स्थानिय प्रतिनिधी संघ संस्थाका प्रतिनिधी सहित विज्ञहरु बीचको छलफलले ५ बुँदे घोषणपत्र जारी गरिएको हो ।
के उल्लेख गरिएको छ घोषण पत्रमा :
१. जलवायु परिवर्तनका कारण समग्र नेपाल उच्च जोखिममा भएको र कर्णाली प्रदेशमा जोखिमता साथै यस क्षेत्रको जलवायु परिवर्तन संग जुध्ने क्षमता अत्यन्त्य कम रहेको विषयमा सम्मेलनमा विशेष छलफल तथा अन्तरकृया गरियो ।
२. स्थानीय, प्रादेशिक र संघिय सरकारले कार्यान्वयन गर्ने नियमित बिकास निर्माणका कार्यक्रमहरुमा जलवायु परिवर्तन सम्बन्धी जोखिम व्यवस्थापन र जलवायु मैत्री क्रियाकलापहरु कार्यान्वयन गर्न विशेष प्राथमिकता दिईनेछ ।
३. जलवायु परिवर्तनका कारण महिला, बालबालिका, युवा, सिमान्तकृत समुदाय लगायतमा परेको प्रभाव जोखिमता र जलवायु न्याय सम्बन्धी बिषयलाई अन्तराष्ट्रिय स्तरमा बिशेष प्राथमिकताका साथ उठान गरिनेछ ।
४. नेपालमा जलवायु परिवर्तनले पारेको प्रभाव संग जुध्न साथै जलवायु मैत्री बिकासका अवसरहरु प्राप्त गर्न अन्तराष्ट्रिय समुदायको सहकार्यलाई विशेष जोड दिइनेछ। जलवायु परिवर्तनले स्थानीय जनजिविकामा पारेको असर र प्राकृतिक विपद को वैज्ञानिक लेखाजोखा गर्दै जोखिम व्यावस्थापन र असर कम गर्दै राष्ट्रिय, प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरिनेछ ।
५. आसन्न कोप २९ मा नेपालमा जलवायु परिवर्तनले पारेको असर र प्राप्त हुन सक्ने अवसरहरु साथै जलवायु मैत्री कार्यक्रमहरु कार्यान्यन गर्न जलवायु वित्तको आवश्यक्ताका वारेमा बिशेष पहल गरिनेछ ।





