काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा उनका समर्थकले गर्ने प्रदर्शनलाई लक्षित गर्दै अहिले ११ बजेदेखि सुरक्षा व्यवस्थामा कडाइ गरिँदै छ । पूर्वराजा शाह अपराह्न ३ बजे हवाईमार्ग हुँदै पोखराबाट काठमाडौं आउने कार्यक्रम छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजको प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौं स्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् । उनीहरू ११ बजेदेखि तोकिएको स्थानमा तैनाथ रहन्छन् ।

काठमाडौंस्थित जिल्ला प्रहरी परिसरसहित सम्पूर्ण वृत्त र प्रभागका टोली आवश्यकताअनुसार विभिन्न ठाउँमा रहने एसपी बोहराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here