यमु कडेल,
कोहलपुर / शनिबार बाट सुरु हुँदै आएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. २ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजय भएको छ ।
नेपाली कांग्रेसका हरि कठायत वडाध्यक्ष पदमा निर्वाचित भएका छन भने यस्तै महिला सदस्यमा तारादेवी सिंह , दलित महिला सदस्यमा बस्मती विश्वकर्मा , खुल्ला सदस्यमा पुरण थारु र विरेन्द्र विक्रम शाही सहितको प्यानलले विजय हासिल गरेका छन ।
निर्वाचित कठायतले १८०५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने उनका प्रतिद्वन्दी नेकपा एमाले तर्फका अम्मर बहादुर विश्वकर्मा १५३५ मत प्राप्त गरि पराजित भएका हाे।
अब कोहलपुर १४ को मतगणना जारी हुने निर्वाचित अधिकृत तिर्थ राज भट्टले जानकारी दिएका छन्।





