डिअर मेयर पदीय मर्यादा अनुसार सम्मान छ । हजुरले कोहलपुरको समृद्धिका लागि गर्न खोजेका कतिपय कामप्रति मेरो समर्थन छ । तर, सरकारी जमिन फिर्ता लिने बहानमा हजुरले नागरिकमाथि नै गरेको विभेद अर्थहीन विवादीत देखिएको छ । काठमाडौं महागरका मेयर वालेन शाहको नक्कल गर्दै गर्दा तिमी यतिबेला बदनामी भैरहेका छोै ।
कोहलपुरको न्यूरोड र बसपार्क मात्रै होइन कोहलपुर क्षेत्रकै आधाबढी सरकारी भाग ऐलानी छ । र, त्यो जमिन सुकुम्बासीदेखि कर्मचारी हुँदै नेता समेतले अतिक्रमण मात्रै गरेका छैेनन भोगचलन गर्दै महल समेत खडा गरेको देखिएको छ ।
घर भत्काउन डोजर चलाउनै पर्छ यो पनि ठिकछ । तर, सुकुम्बासी, गरिव, निमुखालाई तार्गेट गरेर धनी ठुला र नेता गणलाई मोजमस्ती गर्न दिनु तिम्रो विभेदकारी कदमको पारकास्टा हो ।
मेयर साब पहिला टहरामा होइन दम भए एमाले, काँग्रेस र माअोवादी नेताले हडपेको सरकारी जमिन र त्यहाँ बनाइएका करोडौंका महल भत्काउ । डोजर टहरा, झुपडीमा होइन महलमा लगाउन सके मेयरको बहादुरीता देखिनेछ । कोहलपुरमा बाँकेमा मात्रै नभई देशमै नाम चलेका दलिय नेताले सरकारी जमिन हडपेको कुरामा मेयर हजुर आफै अनविज्ञ हुनुहुदैन ।
कोहलपुर नगरपालिकाका निवर्तमान मेयरदेखि काँग्रेस, एमाले र माओवादीका चर्चित नेताहरुले समेत सरकारी जमिन हडपेको आम नागरिकलाई थाहै छ । त्यसैले मेयर साब अबका दिनमा डोजर टहरामा होईन यस्ता महलमा ठड्याउनु भयो भने नागरिकका पक्षमा यहाँले चालेको उचित कदम हुनेछ ।
नत्र कोहलपुरका मेयर देशभरकै बदनाम र जनविरोधी ठहर हुनेछन । यसैले कोहलपुरमा रहेको सरकारी जमिन सरकारीकरण गर्नक ालागि मेयर ासबले टहरामा होइन सरकारी जमिन कब्जा गरेर ठडिएका महल तर्फ ध्यान दिनआबश्यक देखिएको छ । ईसेताेखरी





