किशोरीलाई (जुनेली)  नाम परिवर्तन , माइती नेपालमा राखिएको छ । उनी शारीरिक, मानसिक र भावनात्मक रुपमा स्टोर्ङ देखिएकी छिन् । उनी दैनिक योग, ध्यान लगायत अध्यात्ममा आफ्नो समय खर्चिन्छिन् भने त्यसपछि अध्यात्मिक पुस्तकहरु पढ्ने गर्छिन् ।चर्चामा आएको प्रकरणमा न्या,य पाउनेमा आफु ढुक्क देखिन्छिन् । बयान फेर्ने हल्ला चलिरहेका बेला उनको बयान फेर्ने सम्भावना लगभग शुन्य छ ।

 

उनले फेसबुक लगायत दोहोरो कुराकानी हुने संचारमाध्यमबाट आफुलाई निष्क्रिय बनाएकी छिन् । । सन्दीप प्रकरण सतहमा आएका बेला उनलाई बाहिरि दुनियामा के भइरहेको भन्ने पनि थाहा छैन् । उनको अधिकांश समय अध्ययनमै जान्छ । बिधालय बिदा भएकाले आफुले स्वअध्ययनलाई निरन्तरता दिइरहेको जानकारी दिइन् । उनी आफुले न्याय पाउनेमा पनि ढुक्क छिन् ।

 

आफ्नो पहिचान गो;प्य राखिएकाले पनि किशोरी शारीरिक, मानसिक र भावनात्मक रुपमा निकै बलियो रहेको मानब अधिकार आयोगका पदाधिकारीहरुले पनि जानकारी दिएका छन् । माइती नेपालले अनवरत रुपमा लामो समयदेखि बे”चबिखनमा रहेका बा’लबालिका र महिलाका लागी सहयोग गर्दै आएकाले क¥ब्जामा राखिएको भन्ने समाचार वास्तबिक्ता भन्दा टाढा रहेको राष्ट्रिय मानब अधिकारको आधिकारिक धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here