आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी सुमन पाण्डेले प्रतिनिधिसभा सदस्यका लागि नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका हुन् ।
पाण्डेका विषयमा किस्पाङ गाउँ पालिका युव अभियान्ता पुष्प तामाङ्ग भन्छन्, ‘सुमन पाण्डे एक हिसाबले एउटा खुल्ला किताब जस्तै खुल्ला विश्व विद्यालय हुनुहुन्छ। जस्तै सयौं युवालाई उत्प्रेरणा दिँदै आउनु भएको छ र विभिन्न तालिम दिएर, ज्ञान र सीप सिकाएर युवाहरूलाई आत्मनिर्भर हुन उत्साह प्रदान गर्दै आउनु भएको छ’,पुष्प थप्छन्, ‘नुवाकोटको राजनीतिमा यदि सुमान पाण्डेको आगमन हुने हो भने म जस्तै हजारौं युवाका लागि एउटा अवसर हुने छ । शैक्षिक, आर्थिक र सामाजिक सबै पक्षबाट नुवाकोटको समृद्धिमा उहाँको विशेष भूमिका रहने छ।’
नुवाकोटमा क्षेत्र नं. २ मा हरेक पटक एमाले र काँग्रेसबीच रोचक भिडन्त हुने गरेकोमा यस पटक सुमन पाण्डेको उम्मेदवारीले त्यस क्षेत्रको निर्वाचन झनै रोचक हुने देखिएको छ । लामो समयदेखि झुटा आश्वासन र अपुर/अधुर घोषणा–पत्र बोकेर गाउँ घुम्ने गरेका दल र दलका प्रतिस्पर्धीहरूका लागि पाण्डेको उम्मेदवारी किस्पाङ गाउपालीका युवाहरूको पहिलो रोजाइमा पर्दै नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार सुमन पाण्डे भारी बन्दै गएको छ।





