सर्जन कुमार शाही – मुगु
जिल्ला अस्पताल मुगुद्दारा मुगुमा पुरुष स्थायी बन्ध्याकरण सेवाका लागि जिल्ला अस्पताल मुगुले यही पौष महिना देखि घरदैलो सेवा सञ्चालनमा ल्याएको छ ।
बन्ध्याकरण सेवाका लागि घरदैलो सेवामा जाने जिल्ला अस्पताल मुगुको टोलि अस्पताल बिकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डा. कृष्ण प्रसाद आचार्य, डा. अर्जुन भाम, फोकल पर्शन पशुराम नेपाली, नर्सिङ ईन्चार्ज सुनिता शाही, स्टाफ नर्स ग्याल्जन लामा, एच.ए. लोक राज शाही, सहयोगि मीन कोशा लावड र गोर्ख मल्ल टाेली रहेका छन् ।
पौष १५ र १६ गते भएको घरदैलो सेवामा सोरु गाउँपालीका नाथर्पु र सिपमा गर्दा १३ जना सेवाग्राहीले स्थायी बन्ध्याकरणको सेवा लिएका छन्। जसमा ३ जना हुम्लाको पर्छन् जिल्ला अस्पतालमा विभिन्न स्थानीय तहका १० जना गरेर यो पौष महिना भित्र अहिले सम्म २३ जनाले सेवा लिएको जिल्ला अस्पताल मुगुका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए ।
स्थायी बन्ध्याकरण्को सेवा निशुल्क र भरपर्दो भएता पनि धेरै ग्रामीण भेगका मानिसहरू अझै पनि यो सेवाको पहुँचमा पुग्न सकेको छैनन् यसका लागी शिक्षा र जनचेतना जोगाउन अति आवश्यक रहेको प्रमुख आचार्यले बताए ।
नेपाल सरकारले दिएको निशुल्क सेवा भरपर्दो , स्वास्थ्यका लागि फाइदा जनक र फेरि पनि बच्चा जन्माउन इच्छा भए जोडन सकिने भएकाले यो बिश्वासिलो छ त्यसैले जिल्ला अस्पताल व्यवस्थापन समितिको पहलमा गाउँ घरमै पुगेर दिने योजनाका साथ मुगुको चारै वटा स्थानीय तहमा पुगेर घरदैलो सेवा सञ्चालन गर्नुका साथै सेवा लिन चाहनेहरुका लागी सधैं जिल्ला अस्पताल तयार रहने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले बताए ।
प्रायः यो सेवा लिन नमान्ने धेरै समय सम्म सम्झाउनु पर्ने अनि पुरुषले लिन चाहने तर महिलाले भने आफ्नो श्रीमानलाई लिन नदिने जस्ता अवरोध सृजना गर्ने घरदेखि सल्लाह गरेर सेवा लिन आएका पुरुषलाई पनि फिर्ता लिन आउने गरेको डा. अर्जुन भामले बताए ।





