सर्जन कुमार शाही
मुगु : जिल्लाको छायानाथ रारा नगरपालिका -६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको आरोपमा पक्राउ परेकी रेसा बोहोरा पुर्पक्षका लागि कारागार चलान भयकी छन् । उक्त घटनाको अनुसन्धान कै क्रममा घटनामा संलग्न गोपाल बोहराकि आमा बर्ष ४९ कि रेसा बोहोरा लाई पक्राउ गरि अनुसन्धानमा राखीयको थियो उक्त अनुसन्धानका क्रममा उनिलाई पनि जिल्ला अदालत मुगुले पुर्पक्षका लागि पुस १७ गते कारागार चलान गरेको हाे।
मुगु जिल्ला अदालतको आदेशअनुसार उनी कारागार चलान भएकी हुन। नेपाल प्रहरीको अनुसुन्धान टोलिले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज बहादुर शाही र छायानाथ रारा नगर पालिका ६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहरालाई कार्तिक २१ गते पक्राउ गरि मंसिर २१ गते मुगु जिल्ला अदालतले पुर्पक्षका लागी जेल चलान गरिसकेको प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । ।
गत कार्तिक ८ गते राति एकै परिवारका ४ जना २८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर, ८ वर्षीया छोरी छिता र ११ वर्षीय छोरा मनोजको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको थियो ।





