बाँके-बर्दिया सडकखण्ड बाढीले अबरुद्ध

तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ ।

पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए।

गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम जारी छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button