चितवन/ क्षितिज मगर
भाेटेकाेशी बाढी प्रभावित: जिसस सेल्भेसन एण्ड साेसियल वर्क मिनिस्ट्री (JSSWM) र त्रिएक जवान समूह चितवन द्वारा ३ लाख ३० हजार बराबर राहत वितरण कार्यक्रम सम्पन्न ।

भदाै १० गते भाेटेकाेशीमा आएको भिषण बाढीकाे कारण आफ्नो परिवारका सदस्य र घरबास समेत गुमाएका पिडित ७० परिवारकाे लागि राहत वितरण गरिएको हाे ।
बिदुर नगरपालिका-९ त्रिशूली बजार स्थित हाेल्डिङ सेन्टर बाट हाल काेठा भाडामा बस्दै आएका ७० घरधुरीलाई चामल, दाल, बल्याङ्केट तथा मेडिकल सामग्री राहत स्वरूप साे मिनिस्ट्रीले वितरण गरेका थिए ।
कुसल सापकोटाकाे पहलमा भारतकाे आन्द्र प्रदेश इस्ट गाेदावरी बाट आउनुभएको सहयोगी पास्टर तथा चितवन त्रिएक जवान समुह काे समन्वयनमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको साे कार्यक्रमकाे संयाेजक कुसल सापकोटाले बताउनुभयो ।
उक्त कार्यक्रमा आदरणीय व्यक्तित्व पा.रबि सुनार, पा. आमाेस परियार, ए. सुमन लुङ्गेली, विनोद परियार र भारतकाे आन्द्र प्रदेश चेन्नाई बाट आउनुभएको सहयोगी पास्टर ज्याक, पास्टर बिशाल भाैतिम रुपमै उपस्थित भई राहत वितरण गरिएको चितवन त्रिएक जवान समुहको अध्यक्ष सुमन लुङ्गेली जानकारी गराउनुभयाे ।






