रसुवा/ झापा इसाई समाजद्वारा रसुवामा भोटेकोशी बाढी प्रभावित ८० घरपरिवारलाई राहत सहयोग ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परि परिवारकाे सदस्य गुमाएका तथा बाढीले घर र जग्गा जमिन बगाएका ८० परिवारलाई झापा इसाई समाजले राहत सहयोग गरेका छन् ।
समाजले प्रति परिवार नगद रु ३५०० (पैँतीस सय रुपैयाँ ), सिरक र केही शैक्षिक सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरेको झापा इसाई समाजका सचिव पा.तारा प्रसाद दहालले बताउनुभयो ।

उत्तरगया गाउँपालीका-५ रसुवाका वडा सदस्य निर्मला श्रेष्ठकाे राेहवरमा भएको साे रहात वितरणमा समाजका प्रतिनिधिहरु सचिव तारा प्रसाद दहाल, उपाध्यक्ष लाल बहादुर दहाल, समिति सदस्य देवी अधिकारी, दिपा राई र मुक्ति प्रसाद राजवंशी उपस्थित हुनुहुन्थ्यो ।

उत्तरगया गाउँपालीका-५ रसुवाका पूर्व वडाध्यक्ष ईश्वर थापा मगरले भन्नुभयो -“दशैंको मुखमा जाडोको कपडा र नगद पाउँदा हामी अत्यन्तै खुसी छौँ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here