चितवन, रत्ननगर ख्रीष्टियन समुदायले भाेटेकाेशी बाढी प्रभावितकाे लागि आर्थिक सहयोग गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत समुदायको अध्यक्ष पा.बाबुराम महताे (जाेन), सचिव पा.सवाल सिंह घलान लगाएत कार्यसमिति का सदस्यहरूको उपस्थितिमा साे रकमकाे भाैचर हस्तान्तरण गरेका हुन् ।
२०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारण ठूलो जनधनको नोक्सान भएपछि राहत सहयोगको लागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई नेपाल सरकारले प्रधानमन्त्री दैवी उद्धार कोष खडा गरेर सहयोगको लागि आह्वान गरेका थिए। यसै अन्तर्गत बाढी प्रभावितहरु काे लागी राहत स्वरूप रत्ननगर ख्रीष्टियन समुदाय चितवनले प्रधानमन्त्री दैवी उद्धार कोषमा २ लाख ३ हजार ६ सय ३१ रुपैयाँ जम्मा गरेको समुदायको सचिव घलानले बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो “देश महाविपत्तिको पीडामा परेको बेला देशका विभिन्न क्षेत्र, वर्ग, तह बाट प्रधानमन्त्री राहत कोषमा सहयोग जम्मा गरिरहनुभएको छ, त्यसै अन्तर्गत तपाईंहरू पनि देशलाई दुखेको बेला सहयोग गर्न आउनुभएकोछ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ।”
समुदायको अध्यक्ष चाैधरीले भन्नुभयो “ख्रीष्टियन समुदाय पनि देश अप्ठ्यारो परिस्थितिमा भएको बेला नेपाल सरकारसँग आफुले सकेको जिम्मेवारी बहन गर्न तप्पर छौँ भन्ने उद्देश्यले याे सहयोग रकम उठाएका हाैँ, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण विश्वासीहरुले रत्ननगर ख्रीष्टियन समाजमा राहत रकम दिएर सहयोग दिनुभएकाेमा धेरै धन्यवाद परमेश्वरले सम्पूर्णमा आशिष दिनुभएको होस्।
पा.कृष्णप्रसाद पाण्डे (त्रीएक मुक्ति चर्च) रु.१७,७८० , पा. सुनिल लामा ( टाँडी एजी चर्च) रु.१३,८५५, अ.आशा बि.क ( बेथेल मारानाथा चर्च) रु. १३,१६०, पा.साजन माथ्यू (हेब्रोन टाँडी चर्च) रु.१०,४०० लगायतका चर्चहरूले सहयोग रकम सङ्कलन गरेका थिए। 
फाेटाे फिचर







