चितवन/ क्षितिज मगर,
सूचना तथा सञ्चार मन्त्रालयले सरकारी तथा निजी सञ्चार माध्यमहरूबाट प्रचारप्रसार गरिने इसाई सामग्रीहरू रोक्न दिएको निर्देशन प्रति महानगरीय ख्रीष्टिय समाज भरतपुरले जिल्ला प्रशासन कार्यालय चितवनमा ध्यानाकर्षण पत्र बुझाएको छ।
भदाै ३० गते राप्रपाकी नेत्री तथा सांसद माननीय खुस्बु ओलीले संसदमा विशेष समय लिएर नेपाल टेलिभिजनबाट प्रसारित ख्रीष्टियन सामग्री प्रचारप्रसार रोकिनुपर्ने माग राखेकी थिइन्। सो मागको विषयमा सम्बोधन गर्दै असाेज १४ गते सूचना तथा सञ्चारमन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले सरकारी तथा निजी संचार माध्यमबाट धर्मान्तरणलाई प्रवर्द्धन गर्ने कुनै पनि सामग्रीकाे प्रचारप्रसार बन्द गर्न निर्देशन दिएका थिए ।
सो सन्दर्भमा महानगरीय ख्रीष्टिय समाज भरतपुरले ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार ध्यानाकर्षण पत्र बुझाएकाे हाे।
महानगरीय ख्रीष्टिय समाज भरतपुर का अध्यक्ष पा.राजु परियारले साे ध्यानाकर्षण पत्र पढेर जिल्ला प्रशासन कार्यलय चितवनमा सिडियाे गणेश अर्याललाई बुझाउनु भएको समाजका सचिव एल्डर सुमन लुङ्गेलीले जानकारी गराउनु भयाे ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो पत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता गर्नुभएको थियो ।
फाेटाे फिचर

विस्तृत जानकारी भिडियोमा हेर्नुहाेस् ।
https://www.facebook.com/share/v/1CEdcwZk7f/





